९ महिनामा सर्वोत्तम सिमेन्टको नाफा साढे ९० करोड, बिक्री आम्दानीसहित अधिकांश सूचकमा सुधार

२३ बैशाख २०८३, बुधबार १०:५५

काठमाडौँ ।  निर्माण सामग्री उत्पादन क्षेत्रमा सक्रिय सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उत्साहजनक वित्तीय सुधार देखाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा उल्लेखनीय वृद्धि भएको हो ।

समीक्षा अवधिसम्म कम्पनीले ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६० करोड ३० लाख रुपैयाँको तुलनामा ५०.२० प्रतिशतले बढी हो। यस्तो उल्लेख्य वृद्धि उत्पादन, बिक्री व्यवस्थापन तथा लागत नियन्त्रणमा सुधारसँग जोडिएको देखिन्छ।

कम्पनीको आम्दानीतर्फ पनि सामान्य सुधार देखिएको छ। बिक्री आम्दानी २.८८ प्रतिशतले बढ्दै ७ अर्ब ७९ लाख रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्ष यही अवधिमा ६ अर्ब ८१ करोड रुपैयाँ आम्दानी भएको थियो।

यस अवधिमा अन्य आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष १२ करोड ४८ लाख रुपैयाँ रहेको अन्य आम्दानी बढेर १८ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यद्यपि आम्दानीसँगै कम्पनीको खर्च पनि बढेको देखिन्छ। कुल खर्च ६८ करोड २ लाख रुपैयाँबाट बढेर ८५ करोड ६१ लाख रुपैयाँ पुगेको छ।

वित्तीय संरचनातर्फ हेर्दा ५ अर्ब २२ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको कुल चालु सम्पत्ति ६ अर्ब १६ करोड रुपैयाँ रहेको छ भने चालु दायित्व ५ अर्ब ६० करोड रुपैयाँ छ।

कर्जा व्यवस्थापनतर्फ कम्पनीले ४ अर्ब ४२ करोड रुपैयाँ अल्पकालीन तथा ६ करोड ४ लाख रुपैयाँ दीर्घकालीन कर्जा उपयोग गरेको छ।

प्रमुख वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। समीक्षा अवधिसम्म प्रतिसेयर आम्दानी २३.१२ रुपैयाँ पुगेको छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३१६.८० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९५.९६ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*