पूर्वविशिष्टले प्रयोग गर्ने सवारी साधनको विवरण तत्काल बुझाउन गृहलाई प्रधानमन्त्रीको निर्देशन
२३ बैशाख २०८३, बुधबार १२:५०

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गर्ने सवारी साधनको विवरण आजै पेश गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री कार्यालयले गरेको अध्ययनमा केही पूर्वविशिष्टहरूले कानूनले तोकेभन्दा बढी सवारी साधन प्रयोग गर्ने गरेको र छुट्टाछुट्छै निकायबाट दोहोरो सुविधा लिइरहेको पाइएपछि विवरण माग गरेको हो।
पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको सम्पूर्ण विवरण आज कार्यालय समयभित्र इमेलमार्फत पठाउन निर्देशन दिएको हो।












