नेपाल माईक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ रिहा

२३ बैशाख २०८३, बुधबार १६:१८

काठमाडौं । नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ हाजिरी जमानीमा रिहा भएका छन्। बीमा ऐन, २०७९ अन्तर्गत कसूर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार हाजिरी जमानीमा छोडेको हो।

सीआईबीले बिमा प्राधिकरणको सिफारिस तथा आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा श्रेष्ठलाई वैशाख १५ गते काठमाडौं महानगर क्षेत्रको कागेश्वरी मनहरा नगरपालिका–५ बाट नियन्त्रणमा लिएको थियो। उनीमाथि बीमा ऐन उल्लंघन गरेको आरोप लगाइएको छ।

यसअघि नेपाल बिमा प्राधिकरणले वैशाख ८ गते नै कम्पनीले बीमा ऐन, २०७९ को दफा १४० को उपदफा (१) को खण्ड (छ) बमोजिमको कसूर गरेको ठहर गर्दै थप अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो। सोही पत्रका आधारमा अनुसन्धान अघि बढाइएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*