आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रम दुई महिना थप

२४ बैशाख २०८३, बिहीबार १६:५३

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि लागू गरिएको विस्तारित कर्जा सुविधा (इसिएफ) कार्यक्रमको अवधि दुई महिना थप गर्ने निर्णय गरेको छ ।

आइएमएफले बुधबार जारी गरेको विज्ञप्तिअनुसार उक्त कार्यक्रमको अवधि अब सन् २०२६ जुलाई ११ सम्म कायम रहनेछ । आइएमएफका अनुसार इसिएफ कार्यक्रमअन्तर्गत सातौँ तथा अन्तिम समीक्षा सम्पन्न गर्न पर्याप्त समय उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको म्याद थप गरिएको हो ।

नेपालका लागि ३८ महिनाको इसिएफ कार्यक्रम सन् २०२२ जनवरी १२ मा स्वीकृत भएको थियो । उक्त कार्यक्रमअन्तर्गत नेपालले २८ करोड २४ लाख २० हजार अमेरिकी डलर बराबरको सहायता प्राप्त गर्ने व्यवस्था रहेको छ, जुन ‘स्पेसल ड्रइङ राइट’ (एसडीआर) कोटाको १८० प्रतिशत बराबर हो ।

आइएमएफसँगको उक्त कार्यक्रममार्फत नेपालले वित्तीय स्थायित्व कायम गर्ने, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउने, सार्वजनिक वित्त व्यवस्थापन सुधार गर्ने तथा संरचनात्मक आर्थिक सुधारका कार्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*