फेरी बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
२५ बैशाख २०८३, शुक्रबार १०:४५

काठमाडौँ । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य निरन्तर बढी रहेको छ । सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर प्रतितोला पाँच हजार २७५ रुपैयाँमा किनबेच भइरहेको हो ।












