सूर्यमुखी तेल उत्पादक कम्पनीका सञ्चालक विजय श्रेष्ठ पक्राउ

२५ बैशाख २०८३, शुक्रबार ११:५३

काठमाडौँ । बजारमा बिक्री भइरहेको सूर्यमुखी तेलमा तोकिएको मापदण्डभन्दा कम तौल राखेर उपभोक्तालाई ठगी गरेको आरोपमा प्रहरीले ओमकार आयल इन्डस्ट्रिज प्रालिका सञ्चालक विजय श्रेष्ठलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार श्रेष्ठ छहारी र ओमकार ब्रान्डका सूर्यमुखी तेल उत्पादन तथा बिक्रीमा संलग्न कम्पनीका सञ्चालक हुन्। उपभोक्तालाई बिक्री वितरण भइरहेको तेलमा प्याकेटमा उल्लेख गरिएको परिमाणभन्दा कम तौल रहेको सूचनापछि गरिएको अनुसन्धानका क्रममा उक्त आरोप पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले गोदावरी नगरपालिका–५ लेलेस्थित उद्योगमा छापा मारेर अनुगमन गर्दा तोकिएको मापदण्ड विपरीत कम तौल भएको सूर्यमुखी तेल फेला परेको जनाएको छ। अनुसन्धानका क्रममा उद्योगबाट ९०५ कार्टुन तेलसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*