वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट दायर

२५ बैशाख २०८३, शुक्रबार १२:४५

काठमाडौँ । संवैधानिक परिषद्ले चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मा (मनोजकुमार शर्मा) लाई प्रधानन्यायाधीशमा सिफारिस गरेको विषयलाई लिएर सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वरीयता मिचेर गरिएको सिफारिस संविधानको आधारभूत परिकल्पना विपरीत रहेको र यसले न्यायिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप हुने दाबी गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेका हुन् ।

उनले न्यायपालिकालाई कार्यपालिकाको प्रभाव वा मातहतमा ल्याउने प्रयास भएको भन्दै उक्त सिफारिस बदर गरी वरीयताका आधारमा पहिलो स्थानका न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्न परमादेश जारी गर्न माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*