प्रधानमन्त्री बालेनले यसरी छानेका थिए प्रधानन्यायाधीश

२५ बैशाख २०८३, शुक्रबार १५:४५

काठमाडौँ । प्रधानमन्त्रीको आह्वानमा बिहीबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । परिषद्ले न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६ साउन १ देखि २०८१ असार मसान्तसम्म) को अवधिमा न्यायाधीशगत मुद्दा तथा निवेदन फछ्यौटसम्बन्धी समष्टिगत कार्यसम्पादन विवरणलाई आधार मानेर उक्त सिफारिस गरेको देखिएको हो ।

सर्वोच्च अदालतमा कार्यरत विभिन्न न्यायाधीशहरूको आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्मको फछ्यौट विवरणको तुलनात्मक अध्ययनमा डा. शर्मा उच्च कार्यसम्पादन गर्ने न्यायाधीशमध्येमा परेको देखिन्छ । सो अवधिमा उनले कुल ७३८८ वटा मुद्दा तथा निवेदन टुंग्याएको तथ्यांक उल्लेख छ ।

त्यस्तै, अन्य न्यायाधीशहरूको कार्यसम्पादनमा पनि उल्लेखनीय प्रगति देखिए पनि कुल फछ्यौट संख्याका आधारमा डा. शर्मा अग्रस्थानमा रहेको पाइएको छ ।

हेर्नुहोस् यो तथ्याङ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*