छोरीको जन्मोत्सवको अवसरमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार

२५ बैशाख २०८३, शुक्रबार १६:५५

काठमाडौँ। छोरीको जन्मोत्सवको अवसरमा एक दम्पत्तिले सन नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका छन्। डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १० जजोलाका एक दम्पत्तिले आफ्नो छोरीको तेस्रो जन्मोत्सवको अवसरमा बीमा पोलिसी उपहार दिएका हुन्।

इन्स्योरेन्स जोगबुडा कार्यालयबाट आज परशुराम नगरपालिका–१०, जजोला, डडेल्धुरा बस्ने राज बहादुर साउंदले आफ्नी छोरी युरान्की साउदको तेस्रो जन्मोत्सवको उपलक्ष्यमा ‘सुनौलो बाल समृद्धि जीवन बीमा’ उपहार दिएका हुन्। साउंद हाल रोजगारीको सिलसिलामा थाइल्याण्डमा होटल व्यवसाय सञ्चालन गरिरहेका छन्।

पछिल्लो समय न्वारन, अन्नप्राशन, जन्मोत्सव, व्रतबन्ध, विवाह, वर्षगाँठ जस्ता पर्वहरूमा अनावश्यक खर्च नगरी क्षणिक र देखावटी उपहार दिनुको सट्टा जोखिम रक्षावरण र बचत पनि हुने जीवन बीमा पोलिसी उपहार दिने चलन फैलिँदै गइरहेको छ। अझ बालबालिकाको सानै उमेरमा बीमा गरिदिँदा सानैदेखि बचत गर्ने बानीको विकास पनि हुने र भविष्यमा केही भइहालेमा जोखिम रक्षावरण हुनुका साथै पढाइ खर्चमा पनि ठूलो मद्दत पुग्ने भएकाले अहिलेका अभिभावकहरूमा बीमा पोलिसी उपहार दिने चलन लोकप्रिय बन्दै गइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*