सुकुमवासी बस्ती तत्काल खाली नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

२५ बैशाख २०८३, शुक्रबार १८:४५

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाभित्रका नदी किनार तथा सार्वजनिक स्थानमा रहेका सुकुमवासी बस्ती तत्काल खाली नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै बस्ती हटाउने प्रक्रिया रोक्न आदेश जारी गरेको हो ।

गोपाल रन पहलीसहित ११ जनाले यही वैशाख ११ गते सुकुमवासी बस्ती हटाउने तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*