अब स्थानीय तहले कम्पनी खोल्न सक्ने, के छन् सर्त ?

२५ बैशाख २०८३, शुक्रबार १९:००

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयले स्थानीय तहलाई कम्पनी दर्ता तथा शेयर खरिद गरी कम्पनीको स्वामित्व लिन सक्ने व्यवस्था गरेको छ।

मिति २०८३/०१/२५ मा जारी गरिएको सूचनाअनुसार सौर्य ऊर्जा लगायतका क्षेत्रहरूमा कम्पनी स्थापना तथा लगानीका लागि विभिन्न स्थानीय तहबाट प्राप्त अनुरोधका आधारमा यस्तो निर्णय गरिएको हो।

सूचनामा स्थानीय तहले कम्पनी दर्ता गर्ने वा शेयर खरिद गर्ने निर्णय गर्नुअघि अनिवार्य रूपमा आफ्नै कानुन निर्माण गर्नुपर्ने प्रावधान राखिएको छ। साथै कम्पनी ऐन २०६३ सहित प्रचलित सबै कानुनी व्यवस्थाहरूको पूर्ण पालना अनिवार्य हुने स्पष्ट गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*