भैरवी गाउँपालिकाकी अध्यक्ष बैंकिङ्ग कसूर मुद्दामा पक्राउ

२८ बैशाख २०८३, सोमबार १०:४४

काठमाडौं । दैलेख जिल्लाको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

अध्यक्ष शाहीले एकजना स्थानीयलाई दिएको पाँच लाख रुपैयाँको चेक बाउन्स भएपछि उनीविरुद्ध उजूरी परेको थियो। सोही उजुरीको आधारमा उनी पक्राउ परेकी हुन्।

उनी २०७९ सालमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन्। उनी विरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*