आगामी बजेटका लागि राष्ट्र बैंकले अर्थमन्त्रीलाई बुझायो आर्थिक प्रतिवेदन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा समेटिएको पूर्व बजेटकालीन प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाइएको छ।
सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले अर्थमन्त्री समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्। प्रतिवेदनमा मुलुकको समग्र आर्थिक अवस्था, वित्तीय क्षेत्रको स्थिति, राजस्व तथा लगानीको अवस्था, मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति लगायत विषय समेटिएको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ (४) अनुसार नेपाल सरकारले वार्षिक बजेट तयार पार्ने प्रयोजनका लागि राष्ट्र बैंकले देशको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सरकारसमक्ष पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार राष्ट्र बैंकले हरेक वर्ष बजेटअघि यस्तो प्रतिवेदन पेश गर्दै आएको छ।












