सुकुम्बासीले आत्महत्या गर्न विवसपछि संसदमा सोधियो सरकारलाई आत्महत्या दुरुत्साहनमा मुद्दा लाग्छ कि लाग्दैन ?
२८ बैशाख २०८३, सोमबार १४:३२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सरकारलाई सुकुम्बासीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा आत्महत्या दुरुत्साहनको मुद्दा लाग्ने कि नलाग्ने भन्दै सांसद युवराज दुलालले प्रश्न गरेका छन् ।
आजदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलालले यस्तो प्रश्न गरेका हुन् । नेपालको प्रचलित कानुन बमोजिम यदि कसैले आत्महत्या गर्न विवस बनाएको अवस्थामा आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने स्पष्ट कानुनी व्यवस्था मुलुकी अपराध संहितामा गरिएको छ ।
सांसद दुलालले सरकारमाथि गम्भिर र संगिन आरोप लगाएका छन् ।












