१० महिनामा लघु निर्जीवन बीमा कम्पनीले गरे एक अर्ब १० करोडको ब्यवसाय, कुनले कति ?

काठमाडौं । चार वटा लघु निर्जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को १० महिनासम्ममा एक अर्ब १० करोड एक लाख रुपैयाँ कुल बीमाशुलक आर्जन गरेका छन् ।
सबैभन्दा बढी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने दोस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २७ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।
त्यसैगरी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २६ करोड १९ रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्दा ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २५ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकले देखाएको छ।
चालू आवको बैशाखसम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १ लाख २० हजार ६८५, नेपाल माइक्रो इन्स्योरेन्सले १ लाख १ हजार ३१६, स्टार माइक्रो इन्स्योरेन्सले १ लाख १६ हजार २६४ र ट्रष्ट माइक्रो इन्स्योरेन्सले ८० हजार ७२५ वटा बीमालेख जारी गरेका छन् ।












