एकै दिन झन्डै २५ सय चालक कारवाहीमा

११ जेष्ठ २०८३, सोमबार ०७:०९

काठमाडौं । ट्राफिक प्रहरीले एकै दिन काठमाडौं उपत्यकामा २ हजार ४५३ जना सवारी चालकलाई कारवाही गरेको छ। २४ घन्टाको उक्त कारवाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।

कार्यालयका अनुसार १०५ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने, राइड शेयरिङमा २३८ जना, रातो बत्तीमा १८४ जना, तीव गतिमा १८६ जना, लेन क्रसमा १४ जना चालक कारवाहीमा परेका छन्।

त्यसैगरी सडक फुटपाथमा सवारी चलाउने १०० जना, हर्न निषेधमा ११९ जना, एकतर्फी सडकमा १३९ जना र अन्यमा १ हजार ३६८ जना चालकलाई कारवाही भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*