सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

११ जेष्ठ २०८३, सोमबार १०:३७

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट गणेश कुमार केसी नियुक्त भएका छन् ।

बैंकको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरेको हो । उक्त नियुक्ति जेठ ११ गतेदेखि नै लागू भइसकेको छ ।

सीईओ केसी यसअघि सोही बैंकमा डेपुटी सीईओका रूपमा कार्यरत थिए । नवनियुक्त सीईओ केसीसँग बैंक तथा वित्तीय संस्थामा करिब २२ वर्षभन्दा बढी समय काम गरेको लामो र व्यावसायिक कार्यअनुभव छ । उनले यसअघि मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तथा कुमारी बैंक लिमिटेडको आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखका रूपमा समेत सफलतापूर्वक कार्य गरिसकेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*