बढ्यो सुनको मूल्य, सोमबार प्रतितोला कति ?
११ जेष्ठ २०८३, सोमबार १०:४२

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ९०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा १४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १५० रुपैयाँमा किनबेच भइरहेको हो ।












