४३ हजार अमेरिकी डलरसहित एकजना पक्राउ

११ जेष्ठ २०८३, सोमबार १३:२२

काठमाडौं । नेपाल प्रहरीले ४३ हजार अमेरिकी डलर सहित धादिङको गंगाजमुना गाउँपालिका–१ बस्ने ३७ वर्षीय सुशिल गुरुङलाई पक्राउ गरेको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती बजारस्थित पासाङल्हामु सडकखण्डमा काठमाडौंबाट टिमुेतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख १९१५ नम्बरको यात्रुबाहक सबलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त रकम फेला परेको हो।

प्रहरीका अनुसार बसमा सवार एकजना यात्रुको साथबाट ४३ हजार अमेरिकी डलर फेला परेपछि उनलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*