जीवन बीमा कम्पनीहरुको बीमा कोष १७ प्रतिशतले बढ्यो, नेपाल लाइफ अग्रस्थानमा, वृद्धिदरमा आइएमई र सिटिजन

११ जेष्ठ २०८३, सोमबार १६:०३

काठमाडौं । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष गत बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०८२र८३ सम्ममा जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ९ खर्ब ४ अर्ब रुपैयाँ रकम संचित भएको छ।

गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ७ खर्ब ६८ अर्ब रुपैयाँ रकम संचित रहेको छ।

गत बर्षको तुलनामा बीमा कोषको वृद्धिदरमा आइएमई लाइफ, सिटिजन लाइफ र प्रभु लाइफ अग्रस्थानमा रहेको छ।

आइएमई लाइफको बीमा कोष गत बर्षको तुलनामा ४२ प्रतिशतले बढेको छ । सिटिजना लाइफको ३६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ३२ प्रतिशतले वृद्धि भएको छ ।

वृद्धिदरमा सबैभन्दा पछाडि रहेको राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ।कम्पनीको बीमा कोषमा ६७ अर्ब रुपैयाँ मात्रै रकम संचिति रहेको छ।बीमा कोषको आधारमा हेर्न हो भने नेपाल लाइफ अग्रस्थानमा रहेको छ । कम्पनीको बीमा कोषमा २ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*