धितोपत्र बोर्डको अध्यक्ष आज मन्त्रिपरिषबाट टुङ्गो लाग्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषदको बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्ष आजै टुङ्गो आज लगाउने सम्भावना बलियो रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषदको आज बसीरहेको बैठले यस बिषयमा निर्णय गर्ने सम्भावना बलियो रहेको छ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले जेठ ४ गते चार जनाको नाम ुसर्ट लिष्टु गरी उनीहरूसँग जेठ ८ गते अन्तरवार्ता समेत लिइसकेको छ । त्यसअघि गत वैशाख १५ देखि २१ गतेसम्म बोर्ड अध्यक्षका लागि व्यक्तिगत विवरण माग गरिएको थियो, जसमा ४७ जनाको आवेदन परेको थियो । तीमध्येबाट डा। नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार श्रेत्री र डा। गोपाल प्रसाद भट्ट संक्षिप्त सूचीमा परेका छन् ।
संक्षिप्त सूचीमा परेका उल्लेखित चार जनालाई जेठ ८ गते छलफलका लागि बोलाइएको र छलफलका आधारमा चार जनामध्ये योग्य तीन जनाको नाम सिफारिस गरिसकिएको बुझिएको छ ।
चार जनाको संक्षिप्त सूची अर्थमन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिए पनि तीन जनाको संक्षिप्त सूची भने सार्वजनिक भएको छैन । सिफारिस समितिबाट तीन जनाको नाम सिफारिस भएको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।
सिफारिस गरिएका तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्नेछ । संक्षिप्त सूचीमा परेका चार जनामध्ये डा। नवराज अधिकारीले भने बोर्डको कार्यकारी निर्देशक पदबाट हालै अवकाश पाएका हुन् ।
बोर्ड अध्यक्षका लागि योसमेत ६ पटक आवेदन पेश गरिसकेका डा। अधिकारी प्रत्येक पटक संक्षिप्त सूचीमा पर्दै आएका छन् ।
अपडेटः अध्यक्ष सिफारिसमा सेटिङ भएको कुरा बाहिरिएसँगै आज बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष चयन गरेन ।












