आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

१२ जेष्ठ २०८३, मंगलवार ०८:४२

काठमाडौं । आज जेठ १२ गते मंगलबार बिहान ११ बजेदेखि प्रतिनिधि सभा बैठक बस्दैछ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री खडक राज पौडेलले पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

त्यसैगरी प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमद्वारा राष्ट्रि विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिनेछ।

त्यस्तै मन्त्री सोविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

साथै प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*