प्रतिनिधि सभा बैठकमा विपक्षीद्वारा अवरोध
१२ जेष्ठ २०८३, मंगलवार १४:२८

काठमाडौँ । प्रतिनिधि सभा बैठक मंगलबार विपक्षी दलहरूको अवरोधका कारण प्रभावित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सदनमा अवरोध गरेका हुन् । उनीहरूले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभालाई बेवास्ता गरेको आरोप लगाउँदै विरोध जनाएका छन् ।
विपक्षी दलहरूले प्रतिनिधि सभा नियमावली २०७९ अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न माग गर्दै सदन अवरुद्ध गरेका हुन् । उनीहरूले नियमावलीमा उक्त व्यवस्था स्पष्ट रूपमा उल्लेख भए पनि कार्यान्वयन नभएको बताएका छन् ।












