सभामुखको आदेशबिना मर्यादापालकले नेपाली कांग्रेसकी सांसद गीतालाई किन निकाल्यो ?
१२ जेष्ठ २०८३, मंगलवार १७:०६

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको आदेशबिना मर्यादापालकले नेपाली कांग्रेसकी सांसद गीता सेन्दाङलाई प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन् ।
यस विषयमा कांग्रेस सचेतक बासना थापाले सांसद सेन्दाङलाई संसद्को ध्यानाकर्षण गराउने भएकी छन् । बैठक चलिरहेका बेला मोबाइलबाट तस्वीर खिचेको भन्दै मर्यादापालकले सांसद सेन्दाङलाई बाहिर निकालेको बताइएको छ ।












