रिलायन्स स्पिनिङ्ग मिल्सको सामूहिक लगानी कोषलाई छुट्याइएको शेयरको लकइन अवधि सकिंदै

१३ जेष्ठ २०८३, बुधबार ०८:२८

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको साधारण शेयर (आईपीओ) को लकइन अवधि असार १८ गते सकिंदैछ।

कम्पनीले जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ लाख २६ हजार ६०० कित्ता आईपीओ निष्काशन गरेको थियो। जसमध्ये सर्वसाधारणलाई छुट्याइएको ११ लाख ५५ हजार ९६० कित्ताको ५ प्रतिशतले हुन आउने ५७ हजार ७९८ कित्ता शेयर सामूहिक लगानी कोषहरूमा लागि बाँडफाँड गरिएको थियो।

यसरी सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको शेयर बाँडफाँडको मितिले ६ महीनासम्म कारोबार गर्न नपाउने गरी लकइनमा राख्नु पर्ने प्रावधान छ। सोही प्रावधान बमोजिम लकइनमा रहेका ५७ हजार ७९८ कित्ता शेयरको लकइन अवधि आउँदो असार १८ गते समाप्त हुने भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*