अग्राधिकार शेयर र सञ्चालक नियुक्तिको एजेण्डासहित सिटिजन्स बैंकद्वारा विशेष साधारणसभा आह्वान

१३ जेष्ठ २०८३, बुधबार ०८:४६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले असार ३ गते बुधबार बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्यालयमा बिहान ९ बजे आठौं विशेष साधारणसभा बोलाएको छ।

उक्त सभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने, यसका लागि आवश्यक पर्ने अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि र संरचना संशोधन गर्ने, बैंकको समूहगत शेयर स्वामित्वलाई थप स्पष्ट पार्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले समूह ‘क’ का संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक निर्वाचन गर्नेछ। सभा प्रयोजनार्थ बैंकले जेठ २६ गते १ दिन बूक क्लोज गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*