बीमा अभिकर्ताको एक बर्षको कुलिङ पिरियड हटाउन माग

काठमाडौं । बीमा कम्पनीका अभिकर्ताको एक बर्षको कुलिङ पिरियड हटाउन नियामक निकाय नेपाल बीमा प्राधिकरणलाई माग गरेको छ।
यसअघि एउटा कम्पनीमा मात्रै खुम्चाएको अभिकर्तालाई कुलिङ्ग पिरियड लागु गरेर थप असहजताको वातावरण सिर्जना गरेको भन्दै अभिकर्ताहरु रुष्ट बनेका छन् ।
प्राधिकरणले अभिकर्ताले आफू कार्यरत बीमा कम्पनी छोडेर अर्को कुनै बीमा कम्पनीका लागि काम सुरु गरेको १ वर्षसम्म पुनः अर्को बीमकको लागि काम गर्न नपाउने व्यवस्था विरुद्ध अभिकर्ताहरुले आपत्ति जनाएको छ ।
बीमा अभिकर्ता संघ नेपालका ओम बहादुर केसीले सिईओको भन्दा बढी कुलिङ पिरियड अभिकर्ता राख्नु उचित नभएको बताँउछन् । उनले यस बिषयमा प्राधिकरणलाई समेत सचेत गराइसकेका छन् ।
एकपटक बीमक परिवर्तन अर्थात् एउटा बीमा कम्पनी छोडेर अर्को कुनै बीमा कम्पनीको अभिकर्ताको हैसियतमा काम गर्न थालेको एक वर्ष पूरा नहुँदै पुनः अर्को बीमक परिवर्तनका लागि अभिकर्ताले आवेदन दिन नपाउने व्यवस्थाले अभिकर्ताहरु निरुसाहित भईरहेका छन् ।
प्राधिकरणले यस व्यवस्था लागू गर्नु अघि यस बिषयमा बीमकहरुसँग पनि प्रतिकृया लिएको थियो भने अन्तिम छलफल बोर्डमार्फत अघि बढाएर यो व्यवस्था लागू गरिएको थियो ।












