कुलेश्वरबाट स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ
१३ जेष्ठ २०८३, बुधबार १२:१५

काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित श्री सन्त तुलसी दास (फ्रुट सेन्टर) बाट स्रोत नखुलेको रकमसहित तीन जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा फ्रुट सेन्टरका सञ्चालक कुलेश्वर बस्ने ५० वर्षीय शंकर साह, काभ्रे पनौती घर भई ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय भीमसेन तिमल्सिना र सप्तरी घर भएका ४० वर्षीय प्रमोद कुमार यादव रहेका छन्।
प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएर गएको प्रहरीको टोलीले उक्त फ्रुट सेन्टर तलासी गर्ने क्रममा स्रोत नखुलेको १२ लाख १५ हजार रुपैयाँ फेला पारेको हो। पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।











