आर्थिक सर्वेक्षणमा बीमा क्षेत्रको अवस्था कस्तो देखियो ?

१३ जेष्ठ २०८३, बुधबार १३:३६

काठमाडौं । आर्थिक सर्वेक्षणमा बीमा क्षेत्रको वृत्त चित्रलाई नजिकबाट केलाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लले आर्थिक बर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संसदमा पेश गरिसकेको छ।

उक्त सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमातर्फ १ लाख २५ हजार ८ सय ३० बीमा दाबीअन्तर्गत रु.२६ अर्ब ८४ करोड रकम बराबरको दावी भुक्तानी भएको देखिएको छ।

त्यसैगरी निर्जीवन बीमातर्फ ९४ हजार २ सय १५ बीमा दाबीअन्तर्गत रु. १७ अर्ब ३१ करोड रकम बराबरको कुल दाबी भुक्तानी भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म बीमा क्षेत्रमा जीवन र लघु जीवन बीमातर्फ गरी जम्मा १२ हजार ४ सय ३० व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

२०८१ फागुनसम्म करिब ४ लाख १२ हजार ४ सय ५२ अभिकर्ता अप्रत्यक्ष रोजगारीमा संलग्न छन् । त्यसैगरी निर्जीवन बीमा व्यवसायको क्षति मूल्याङ्कन गर्ने १ हजार २ सय २४ सर्भेयर र १६ पुनर्बीमा अभिकर्ता इजाजत प्राप्त गरी रोजगारीमा संलग्न छन् ।

बीमा कम्पनीहरुको स्वामित्व संरचना अनुसार २०८२ फागुण मसान्तसम्ममा कुल बीपमा कम्पनीहरुको ३७ रहेको ,र जसमध्ये स्वदेशी लगानीका बीमा कम्पनीहरुको हिस्सा सबैभन्दा बढी रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*