अब शेयर बजार चार दिन बन्द रहने

काठमाडौँ । शेयर बजार अब चार दिन बन्द रहने भएको छ । लगातार चार दिन सार्वजनिक बिदा परेसँगै शेयर बजार समेत बन्द हुने भएको हो ।
सरकारले जेठ १४ गते बकर ईदका अवसरमा सार्वजनिक बिदा दिएको छ । त्यसपछि जेठ १५ गते गणतन्त्र दिवसको बिदा परेको छ । यस्तै, जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित साप्ताहिक बिदा परेकाले शेयर बजार चार दिन बन्द रहने भएको हो ।
अब नेप्सेमा कारोबार पुनः खुल्दा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक भइसकेको हुनेछ । सरकारले जेठ १५ गते संघीय संसद्मा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।
बजेटअघि लगातार लामो बिदा परेकाले लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको बजार विश्लेषकहरूको भनाइ छ । बजेटले पूँजी बजार, बैंकिङ, कर तथा लगानीसम्बन्धी नीतिमा कस्तो व्यवस्था ल्याउँछ भन्ने विषयमा लगानीकर्ताको विशेष चासो रहेको छ ।












