यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिद दर १५२.८१ रुपैयाँ कायम हुँदा बिक्री दर १५३.४१ रुपैयाँ तोकिएको छ।
राष्ट्र बैंकका अनुसार युरोपियन यूरोको बिक्री दर १७८.५४ रुपैयाँ पुगेको छ भने बेलायती पाउन्ड स्टर्लिङ २०६.१२ रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै स्वीस फ्र्याङ्कको बिक्री दर १९५.०८ रुपैयाँ कायम गरिएको छ।
खाडी राष्ट्रका मुद्रामध्ये कुवेती दिनार अझै सबैभन्दा महँगो विदेशी मुद्राका रूपमा रहेको छ। एक कुवेती दिनारको बिक्री दर ५००.२० रुपैयाँ पुगेको छ। त्यस्तै बहराइन दिनार ४०६.९२ रुपैयाँ तथा ओमानी रियाल ३९८.४६ रुपैयाँमा बिक्री भइरहेको राष्ट्र बैंकले जनाएको छ।
एशिया तथा अन्य मुलुकका मुद्रातर्फ अष्ट्रेलियन डलरको बिक्री दर १०९.४० रुपैयाँ, क्यानेडियन डलरको ११०.८६ रुपैयाँ तथा सिंगापुर डलरको १२०.०७ रुपैयाँ कायम भएको छ। चिनियाँ युआन २२.६२ रुपैयाँ र साउदी रियाल ४०.८८ रुपैयाँमा बिक्री भइरहेको छ।
कतारी रियालको बिक्री दर ४२.१० रुपैयाँ, यूएई दिरामको ४१.७७ रुपैयाँ तथा थाई भाटको ४.७० रुपैयाँ कायम भएको छ। जापानी येन १० एकाइको बिक्री दर ९.६२ रुपैयाँ तोकिएको छ भने दक्षिण कोरियाली वन १०० एकाइको बिक्री दर १०.२४ रुपैयाँ पुगेको छ।












