सुनको मूल्यमा भारी गिरावट, बिहिबार प्रतितोला कति ?
१४ जेष्ठ २०८३, बिहीबार १०:५१

काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा पाँच हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यता, चाँदी तोलामा २१५ रुपैयाँले घटेर प्रतितोला चार हजार ८६५ रुपैयाँमा किनबेच भइरहेको हो ।











