एनआईसी एशिया बैंकको डिजिटल सेवा अवरुद्ध हुने

१४ जेष्ठ २०८३, बिहीबार १८:१३

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो नेटवर्क तथा सूचना प्रविधि पूर्वाधारलाई थप सुरक्षित तथा प्रभावकारी बनाउन कोर फायरवाल प्रतिस्थापन कार्य गर्ने भएको छ ।

बैंकले बिहीबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त कार्यका कारण केही समयका लागि बैंकिङ तथा डिजिटल सेवाहरू आंशिक वा पूर्ण रूपमा प्रभावित हुन सक्ने जनाएको हो ।

बैंकका अनुसार जेठ १५ गते शुक्रबार राति १२ः१५ बजेदेखि बिहान ३ः१५ बजेसम्म सेवा प्रभावित हुन सक्नेछ ।

उक्त अवधिमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटिएम, प्वाइन्ट अफ सेल, क्यूआर भुक्तानी, कनेक्ट आईपीएस लगायतका बैंकिङ सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुन सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*