गणतन्त्र दिवस मनाउँदा मनाउँदै ढले सैनिक जवान

१५ जेष्ठ २०८३, शुक्रबार ११:०७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन शाहको उपस्थितिमा गणतन्त्र दिवस मनाइरहँदा सैनिक मञ्च टुँडिखेलमा एक सैनिक बेहोस भई ढलेका छन् ।

गणतन्त्र दिवस मूल समारोहमा ड्युटीमा खटिएका एक सैनिक जवान बेहोस भएका हुन् ।

उनलाई सुरक्षाकर्मीले उद्धार गरेका थिए । समारोह जारी रहेको क्रममा उनी एक्कासी बेहोस भएर ढलेका थिए ।

बेहोस सैनिक जवानको परिचय खुलाइएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*