काठमाडौं–हेटौंडा पोडवे बन्ने, अध्ययन शुरू

१५ जेष्ठ २०८३, शुक्रबार ११:१६

काठमाडौं । काठमाडौं र हेटौंडालाई जोड्ने पोडवे निर्माणको प्रक्रिया अघि बढाइएको छ। लगानी बोर्ड नेपालले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न समझदारी सम्झौता (एमओयू) गर्ने प्रक्रिया अगाडि बढाउन अनुमति दिएको हो।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत काठमाडौं–हेटौंडा पोडवे परियोजनाको सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याएको थियो। सोही अनुसार लगानी बोर्डले परियोजनाको प्रारम्भिक काम अघि बढाएको जनाएको छ।

यो परियोजना बन्द अवस्थामा रहेको काठमाडौं–हेटौंडा रेलमार्गको विकल्पका रूपमा आधुनिक प्रविधिमा आधारित यातायात प्रणालीका रूपमा अघि सारिएको हो। पोडवे निर्माण भएपछि काठमाडौं र हेटौंडाबीच सामान ढुवानी तथा यात्रु आवतजावत सहज हुने अपेक्षा गरिएको छ।

लगानी बोर्डको ६५औं बैठकले पोडवे निर्माणसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति दिएको हो। अब डीपीआर तयार भएपछि परियोजनाको लागत, मार्ग, प्रविधि तथा निर्माण मोडालिटीबारे थप स्पष्ट हुने बताइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*