बीमा क्षेत्रले बजेटमा के अपेक्षा गरेको छ ?

१५ जेष्ठ २०८३, शुक्रबार १२:५७

काठमाडौं । आगामी बजेटमार्फत सरकारले बीमा प्रिमियममा कर छुटको सीमा वृद्धि, बीमामाबारे चेतना विस्तार र सरकारी सम्पत्तिको बीमा सुरु गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछन्। सरकारले यसअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य बीमालाई ‘पुनर्जागरण’ गर्ने उल्लेख गरेको थियो। साथै बीमामा कर छुटको बिषयलाई भने यथावत् नै राखेको थियो ।

पछिल्ला वर्षमा बीमा व्यवसाय बढे पनि वास्तविक बीमा पहुँच लक्षित वर्ग र क्षेत्रमा पुग्न नसकेकाले अब चेतना विस्तारसँगै कर छुट र सरकारी सम्पत्तिको बीमा सुरु गर्नुपर्ने बीमा अधिकारीहरु बताँउछन् ।
सरकारले पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने अवस्थाको बिषयमा बारम्बार झक्झकाएको बीमककले यो बर्ष पनि सरकारमार्फत नै बीमा गनुपर्छ भन्ने सन्देश जान आवश्यक रहेको बीमा अधिकारीहरु बताँउछन् ।

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा स्वास्थ्य क्षेत्रको बजेट वृद्धि हुने देखिएको छ। विशेषगरी स्वास्थ्य बीमालाई पुनर्जीवित गर्ने लक्ष्यसहित यसको बजेट दोब्बरभन्दा बढी बढाएर करिब १५ अर्ब रुपैयाँ पु¥याउने सम्भावना देखिएको छ।

सोही लक्ष्यअनुसार बीमा कार्यक्रम विस्तार र सुधारका लागि बजेट छुट्याउने तयारी गरिएको स्रोतले जनाएको छ।

त्यस्तै, स्वास्थ्य बीमालाई व्यवस्थित रुपमार्फत अघि बढाउनुपर्छ भन्ने स्वास्थ्य बीमा बोर्डको रहेको छ । यसका साथै पुनसंरचर्नाको समेत आवशयक रहेको हुँदा बोर्डले यस आर्थिक बर्ष सरकारमार्फत सकारात्मक बजेटको अपेक्षा गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*