आयकरमा बम्पर छुट दिने सरकारको निर्णय, जति कमाए पनि २९ प्रतिशतभन्दा बढि कर तिर्नु नपर्ने
१५ जेष्ठ २०८३, शुक्रबार १६:२६

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि आयकरमा बम्पर छुट दिने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गरेको बजेटमा आयकरमा व्यापक हेरफेर गरेका हुन् ।
संसदमा बजेट प्रस्तुत गर्दै आगामी आवदेखि जतिसुकै आम्दानी गरेपनि अधिकतम २९ प्रतिशत कर तिरे पुग्ने व्यवस्था गरिएको छ । जसमा व्यक्तिगत आयमा १० लाख रुपैयाँसम्मको बार्षिक आयमा कर फ्रिको व्यवस्था गरिएको छ ।
यसअघि बार्षिक ३० लाख भन्दा बढि रकम आम्दानी गर्ने व्यक्तिले ३९ प्रतिशत सम्म कर तिर्नुपर्ने व्यवस्थालाई अन्त्य गर्दै जम्मा २९ प्रतिशत अन्तिम कर तोकिएको छ ।











