आयकर छुटको सीमा दोब्बर, अब १० लाखसम्मको आम्दानीमा न्यूनतम १ प्रतिशत मात्रै कर
१५ जेष्ठ २०८३, शुक्रबार १६:२८

काठमाडौँ । आयकर छुटको सीमा बढेको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
अब न्यूनतम एक प्रतिशत कर लाग्ने आयको सीमालाई ५ लाखबाट बढाएर १० लाख पुर्याइएको छ ।











