कृषि र पशु बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान कायमै
१५ जेष्ठ २०८३, शुक्रबार १६:४५

काठमाडौं । सरकारले यसअघिदेखि लागू हुँदै आएको कृषि तथा पशु बीमा शुल्कको प्रिमियममा ८० प्रतिशत अनुदान दिने व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संसदमा प्रस्तुत गरेको बजेटमार्फत कृषि बीमा शुल्कमा अनुदानलाई जारी नै राख्ने व्यवस्था गरिएको हो । साथै अर्थमन्त्री डा. वाग्लेले अन्य अनुदान विस्तारै हटाउँदै लैजाने उल्लेख गरेका छन् ।












