पुँजी बजारमा अवाञ्छित गतिविधि विरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाउने अर्थमन्त्रीको घोषणा

काठमाडौँ । पुँजी बजारलाई मर्यादित र लगानीमैत्री बनाउन नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली विकास तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था सार्वजनिक गरेका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गर्दै नयाँ प्रविधिको प्रयोग गरिने भएको छ । पुँजी बजारमा हुने अवाञ्छित गतिविधि विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अपनाइने सरकारको घोषणा छ ।
साथै, नेपाल धितोपत्र बोर्डमा सूचीकृत कम्पनीहरूलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुन सक्ने व्यवस्था गरिने पनि उल्लेख गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था सार्वजनिक गरेका हुन् ।












