सामाजिक सुरक्षा भत्ता त्याग्न सरकारको आह्वान, ‘सक्नेले त्यागौं, नसक्नेले लिऔं’ अभियान सुरु गरिने घोषणा

१५ जेष्ठ २०८३, शुक्रबार १७:०५

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गर्ने जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

सरकारको बढ्दो भारलाई दृष्टिगत गरी अर्थमन्त्री वाग्लेले आर्थिक अवस्था सवल भएका नागरिकहरुलाई वृद्ध भत्ता त्याग्न आह्वान गर्दै ‘नसक्नेले लिऔ, सक्नेले त्यागौं’ भन्ने अभियान शुरु गरिने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*