संसदमा उपस्थित भए बालेन, अझै छोडेनन् कालो चश्मा
१५ जेष्ठ २०८३, शुक्रबार १७:०५

काठमाडौं । प्रतिपक्षका सांसदहरुले कैयौं दिनदेखि संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै आएकोमा आज भएको बजेट भाषणमा प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित भएका छन् ।
संसद बैठक सुरु हुनै लाग्दा प्रधानमन्त्री बालेन संसदमा उपस्थित भएका हुन् । कालो कोट र भित्र टिसर्ट लगाएर संसदमा उपस्थित भएका बालेनले कालो चश्मा छोडेका छैनन् ।











