बीमा कम्पनीहरुले कुल बीमांकको २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीमा गनुपर्ने

१५ जेष्ठ २०८३, शुक्रबार १७:४१

काठमाडौं । बीमा कम्पनीहरुले कुल बीमांकको २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीबाटै गनुपर्ने व्यवस्था मिलाउन पर्ने भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लले २० प्रतिशत पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीबाटै अनिवार्य गर्न व्यवस्था मिलाउने व्यवस्था बजेटमा राखिएको बताएका छन् ।

२०७५ साल जेठ १५ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले यही व्यवस्था बजेटमा गरेका थिए । तर, तत्कालिन बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले २०७९ जेठ ५ गते एक विवादास्पद निर्णय गर्दै नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सा खोस्ने निर्णय गरेका थिए । सो निर्णय गैर कानुनी रहेको भनेर बीमापोष्टले धेरै पटक समाचार प्रकाशित गरेको थियो ।

अहिले अर्थमन्त्री डा। वाग्लेले सुर्य प्रसाद सिलवालले गरेको नीतिगत भ्रष्टाचारलाई बजेटमार्फत खारेज गर्ने निर्णय गरिएको हो । बाँडफाँड गरिएको बीमा अनुसार नेपाल पुनर्बीमा कम्पनीले चालु आवमा जम्मा छ प्रतिशत मात्रै प्रत्यक्ष बीमा हिस्सा पाइरहेको छ । सो निर्णय अनुसार आगामी आव २०८३।०८४ मा नेपाल पुनर्बीमा कम्पनीले जम्मा चार प्रतिशत मात्रै हिस्सा पाउने व्यवस्था गरिएको थियो । तर, अब आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयनमा जाने हुँदा अब सबैले २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीमा प्रत्यक्ष हिस्सा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*