बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड, छ खर्ब ५७ अर्ब घाटा बजेट

१५ जेष्ठ २०८३, शुक्रबार १७:५०

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोडको घोषणा गरिएको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३।८४ को बजेट प्रस्तुत गर्दै उक्त घोषणा गरेका हुन् ।

बिनियोजित बजेटमा १२ खर्ब ५७ अर्ब चालु खर्चका लागि बजेट बिनियोजन गरिएको छ । त्यस्तै, पुँजिगत तर्फ चार खर्ब ३१ अर्ब बजेट व्यवस्था गरिएको छ । त्यसैगरी, वित्तीय व्यवस्थापन अर्थात ऋण तिर्ने प्रयोजनको लागि चार खर्ब २२ अर्ब रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।

स्रोत व्यवस्थापनतर्फ राजश्वबाट १४ खर्ब पाँच अर्ब संकलन हुने अनुमान गरिएको छ भने वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने विश्वास गरिएको छ । आगामी आवमा छ खर्ब ५७ अर्ब घाटा बजेट प्रस्तुत गरिएको छ । सो रकम चार खर्ब १० अर्ब आन्तरिक ऋण लिइने छ भने दुई खर्ब ४७ अर्ब रुपैयाँ ऋण लिइने उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*