बृद्धाभत्ता खोस्ने सरकारको तयारी, धनीले बृद्धभत्ता लिएमा रेडर्क राखेर तह लगाउने रणनीति

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धा भत्ता कटौति गर्ने रणनीतिक योजना अघि सारेको छ । आज संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सामाजिक सुरक्षा भत्तामा जारी राखिएको घोषणा गर्दै सामाजिक सुरक्षा भत्ता सक्नेले छोड्ने अभियान सञ्चालन गरिने बताए ।
अर्थमन्त्री डा. वाग्लेका अनुसार सामाजिक सुरक्षा भत्ता आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिहरुलाई नलिन देशव्यापी रुपमा अभियान सञ्चालन गरिनेछ । उनले बजेट भाषणमा भनेका छन्, ‘सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौं, आर्थिक रुपमा सक्षम सामाजिक सुरक्षा भत्ता स्वच्छिक रुपमा त्याग्न, सक्नेले त्यगौं र नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौं ।’
साथै अर्थमन्त्रीले त्यस्तो योगदानलाई अन्तर पुस्तागत न्यायको रुपमा व्याख्या गर्ने रणनीति सरकारले अघि सारेको छ । धनी व्यक्तिले बृद्धभत्ता त्याग गर्ने घोषणा गरेको अवस्थामा सम्मान गर्ने योजना अघि सारेको छ ।
गरिब र न्यून आय भएका जनताले मात्रै लिन आह्वान गरेको छ । यद्यपि धनी नागरिकले सामाजिक सुरक्षा भत्ता लिन नपाउने भन्दै व्यापाक प्रचार प्रसार गरेर हाल बृद्धाभत्ता लिँदै आएकाहरुलाई हतोत्साहित गर्ने योजना अघि सारेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता बजेटमा घोषणा नगरी कटौति गरेर आय आर्जन गरिरकाहरुले बृद्धा भत्ता लिएमा त्यसको रेडर्क राखेर दोस्रो पुस्तालाई समेत रेडर्क राख्ने लागिएको बजेट बक्तव्यमा उल्लेख गरेका छन् ।
नयाँ व्यवस्था लागू भएपछि अबदेखि बृद्धाबृद्धहरुले भत्ता लिन सम्भवतः न्यून आय भएको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागू हुनसक्नेछ ।












