सवारी साधनको तेश्रो पक्षको बीमाको सीमा दोब्बर वृद्धिसहित १० लाख कायम

१५ जेष्ठ २०८३, शुक्रबार १८:२४

काठमाडौं । सरकारले सवारी साधनको तेस्रो पक्षको बीमाको सीमा दोब्बरले वृद्धि गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तेस्रो पक्ष बीमाको बीमा १०० प्रतिशतले वृद्धि गरेका हुन्। यससँगै यसअघि ५ लाख रुपैयाँ रहेको तेस्रो पक्षको बीमाको अधिकतम रकम १० लाख रुपैयाँ कायम भएको छ।

तेस्रो पक्ष बीमाको रकम १० लाख पुगेपछि बीमा कम्पनीको जोखिम पनि बढ्न जाने र जोखिम बढेपछि कम्पनीहरूले प्रिमियम बढाउँदा विशेष गरी सार्वजनिक यातायात, ट्रक, माइक्रो, ट्याक्सी, बस लगायतका सवारीधनी तथा व्यवसायीलाई बढी असर पर्ने देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*