पुतलीसडकको बिजुलीको पोलमा लाग्यो आगो
१७ जेष्ठ २०८३, आईतवार ०६:५०

काठमाडौं । काठमाडौंको पुतलीसडकस्थित एक बिजुलीको पोल (खम्बा) मा आगो लागेको छ। आज बिहानै करीब सवा ६ बजे उक्त खम्बामा आगो लागेको हो।
पुतलीसडकको लक्ष्मी सनराइज बैंकको एटीएम अगाडि रहेको खम्बामा आगो लागेको हो। आगलागीबाट खम्बामा झेलिएका तारहरू जलेर नष्ट भएका छन्। सर्ट सर्किटको कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ।
नेपाल प्रहरी र दमकलसहितको टोलीले अहिले आगो नियन्त्रणमा लिइसकको छ। आगलागीका कारण केहीबेर सडक समेत अवरुद्ध बनेको थियो। आगलागी नियन्त्रणमा आएसँगै सडक खुलिसकेको छ।














