विवादकाबीच हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्ससँग माग्यो बीमा दाबी, कुन पुनर्बीमा कम्पनीको भागमा पर्ला ?

काठमाडौं । क्षति भएको १० महिनापछि विवादका बीच नै हिल्टन होटलले ओरियण्टल इन्स्योरेन्स कम्पनीसँग ४ अर्ब ३९ करोड रुपैयाँ बीमा दाबी मागेको छ।
यता ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बीमा दाबीको माग गरेसँगै पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापा भने ठूलो संकटमा परेको छ । सरकारी कम्पनीको अस्तिव निजि कम्पनीलाई बेचेको आरोपमा उनीमाथि हाल अख्तियारले बयान समेत लिईरहेको छ । अब बीमा रकम तिर्छु भनेर बोर्डलाई फकाउन थापा लागिरहेका छन् । बोर्डमा उक्त प्रस्ताव पुग्ने बित्तिकै संचालकको राजिनामा पछि उनी पनि मौन बसेका छैनन् । यता कम्पनीलाई बीमा दाबी कुनै पनि हालतमा नेपाल पुनर्बीमा कम्पनीमार्फत नै तिर्ने आश्वासन पनि दिएका छन् ।
कम्पनी पनि बीमा कुन पुनर्बीमा कम्पनीमार्फत जाने भन्ने बिषयमा अझै अन्तिम निर्णयमा पुग्न सकेको छैन । तर बीमा दाबीको दायित्वमा बीमितको दाबीको बिषयमा मौन हुने छुट भने कम्पनीमा छैन ।
कम्पनीले कुन पुनर्बीमा कम्पनीसँग दाबी माग्छ सो अनुसार प्रकृया अघि बढ्ने प्राधिकरणका एक अधिकारी बताँउछन् । सरसरती हेर्दा हाल यस बीमा दाबी हिमालयन रि ले तिर्नुपर्ने हुन्छ भने विवादित बिषयबाट हेर्ने हो भने नेपाल रि मार्फत तिनुपर्ने हुन्छ । शंकर गुप्र भित्रै यस बिषयमा अन्यौल भईरहेको केही निष्कर्षका साथ नै एक बर्ष लगाएर दाबी माग गरिएको बुझिएको छ ।
होटलमा आगजनी भएको एक बर्ष बित्न लाग्दा पनि कम्पनीले बीमा भुक्तानी गर्न सकेको छैन । भुक्तानी रोकिनुको मुख्य कारण दाबी विवाद हो।
जेनजी आन्दोलनमा क्रममा ठूलो मात्रामा क्षति भएको ओरियण्टल इन्स्योरेन्स कम्पनीमा अबौं रुपैयाँ क्षति भएसँगै विवाद पनि भएको थियो । कारण बीमा प्राधिकरणको नियमन बाहिर रहेर काम गरेवापत कम्पनीमाथि छानविन समेत गरिएको थियो । होटलले आठ अर्बको क्षतिको मूल्यांकन गरेपनि कम्पनीको विवादको कारण र कम क्षति मूल्यांकनको कारण तत्कालको लागि ४ अर्ब ३९ करोड रुपैयाँ बीमा वापतको रकम माग गरेको छ ।
यसअघि, नेपाल बीमा प्राधिकरणले हिल्टन होटलको पुनर्बिमाका विषयमा कानुन विपरीत काम गरेको भन्दै एक पुनर्बिमा कम्पनीका सीईओसहित तीन कम्पनीलाई कारबाही गरेको थियो ।अनुसन्धानका क्रममा दि ओरियन्टल इन्स्यारेन्स र हिमालायन पुनर्बीमा कम्पनीले हिल्टनको ‘हुलदंगा तथा आतंकवाद जोखिम’ पुनर्बीमा प्रावधान विपरीत काम गरेको पाइएको थियो । यसमा एलियन्ट ब्रोकर कम्पनी पनि संलग्न रहेको पाइएपछि उक्त ब्रोकरको लाइसेन्स तीन महिनाका लागि निलम्बन समेत गरिएको थियो ।
बीमा ऐनअनुसार हुलदंगा तथा आतंकवाद जोखिमको पुनर्बीमा सरकारी कम्पनी नेपाल रि–इन्स्योरेन्समा गर्न सकिने प्रावधान भए पनि, बीमा कम्पनी र ब्रोकरले प्राधिकरणको निर्देशन उल्लङ्घन गर्दै पुनर्बीमा हिमालयन रिमा गराउन खोजेका थिए । यसकारण नेपाल बीमा प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई कारबाही गरेको थियो ।












