एक करोडसम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता होः अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले सोमबार आयोजना गरेको ‘पोस्ट बजेट’ छलफल कार्यक्रममा बोल्दै वाग्लेले यस्तो बताएका हुन् ।
उनले ५० लाखसम्मका गाडीमा मुल्य घट्ने दाबी गरेका छन्।
उने केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिएपनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए।
‘अहिले १ करोड सम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो। यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्री वाग्लेले भने,‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो। ५० लाख माथीका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो।’
उनले व्यवसायीहरु किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए। उनले किलोवाटको सट्टा मुल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरु समेत राहत महशुस गरेको बताए।
उनले विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताए।











