हिमालयन बैंक र यूनियन पे बीचको सहकार्यमा आरएमवि कार्डको शुरुवात

१८ जेष्ठ २०८३, सोमबार १२:०९

काठमाडौं । हिमालयन बैंक लिमिटेडले युनियनपे आरएमबि कार्ड संचालनमा ल्याएको छ। बैंकले चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको शुरुवात गरेको हो।

सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड एवं इकमर्श प्लेटफर्म मार्फत हुने कारोबारको चिनियाँ मुद्रा सीएनवाईमा नै सहज भुक्तानी गर्न सक्ने हुँदा बजारमा उपलब्ध अन्य उपकरणहरुको तुलनामा मितव्ययी एवं सर्व स्वीकार्य हुने व्यहोरा बैंकले जनाकारी गराएको छ।

व्यक्तिगत तथा संस्थागत भ्रमण गर्ने विद्यार्थी, व्यवसायी एवं पर्यटक जो कोहीले नेपाल राष्ट्र« बैंक विदेशी विनिमय विभागद्वारा स्वीकृत सीमा सम्मको रकम युनियनपे आरएमबि कार्डमा लोड गरी युनियनपेको सञ्जालसंग आवद्ध अलिपे प्लस, विच्याट पे, निहाओ चाइना जस्ता क्यूआर एवं अन्य माध्यम मार्फत समेत सीएनवाईमा नै भुक्तानी गर्न सकिने भएको छ।

काठमाडौंको नक्साल स्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा तथा युनियन पे इन्टरनेशनलका तर्फबाट उपाध्यक्ष ज्वाङ बेइले नेपालमा प्रथम पटक उक्त कार्डसेवाको शुभारम्भ गरेकी हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*